विराटनगर, २४ साउन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले ‘कृतित्व र व्यक्तित्वमा नारायणप्रसाद संग्रौला स्मृतिग्रन्थ’को विमोचन गरेका छन् ।
झापाको विर्तामोड चारपानेमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख खापुङले उक्त ग्रन्थको विमोचन गरेका हुन् ।
संग्रौलाले तेह्रथुमको साविक छातेढुङ्गा (हालः आठराई –५) मा वि.सं. १९९६ जेठ ५ मा जन्मेका संग्रौलाले आठराईको पोखरी उच्च मावि स्थापनामा महत्वपूर्ण भूमिका खेलेएको र वि.सं २०१६ देखि २०१९ सालसम्म तत्कालीन प्रणामी निमाविको सचिव र शिक्षक भएर काम गरेका थिए ।
गाउँ पञ्चायतदेखि जिल्ला पञ्चायतसम्म काम गरेका संग्रौलाले जनकल्याण प्रावि टुँडिखेल स्थापनाको २५ रोपनी जग्गासमे दान गरेका थिए ।
उनको जन्मभूमि (कविता सङग्रह २०६२) प्रकाशित छ । २०६३ सालमा निधन हुनुभएका संग्रौंलाको परिवारले उनको व्यक्तित्व र कृतित्व प्रकाशन गरेको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले स्व. नारायणप्रसाद संग्रौलालाई वि.सं. २०३२ सालदेखि चिन्दै आएको, आठराई क्षेत्रमा राजनैतिक, शैषिक, सामाजिक क्षेत्रमा अग्रणी रहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया