नेपालगन्ज, २४ साउन । मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज नरैनापुर र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।
त्यस्तै जानकीका अध्यक्ष छब्बन खाँले सोमबार बसेको कार्यपालिकाको बैठकले पनि मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेकोे बताए ।
यस्तै, नेपालगञ्ज उपमहानगरपालिकाले मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द गरेको छ । स्थानीय पर्व बिदा दिने नगर शिक्षा समितिको निर्णयअनुसार सो बिदा दिएको हो । सो पर्वमा मुस्लिम समुदाय नयाँ वर्षको अवसरमा खुसीयालीका साथ मनाउने गर्छन् ।
तपाईको प्रतिक्रिया