आगजनीबाट मोटरसाइकल जलेर नष्ट

समाचार

कैलाली, २४ साउन । धनगढी उपमहानगरपालिका–६ जाली बस्ने जगतराम चौधरीको आफ्नै घरको बरण्डामा पार्किङ गरी राखेको मोटरसाइकलमा आगजनी भएको छ ।

से.४ प ६८९४ नम्बरको मोटरसाइकलमा अपरिचित व्यक्तिले गएराति आगजनी गरी फरार हुँदा मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगजनीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ