चीन जान लागेका परराष्ट्रमन्त्रीलाई अभियानको पाँच सुझाव

समाचार

काठमाडौं, २४ साउन । छिमेकी मित्रराष्ट्र चीन भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई राष्ट्रिय एकता अभियानले पाँच सुझावसहित आग्रह गरेको छ ।

अभियानले मंगलबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन सीमामा रहेका सीमास्तम्भ, दशगज्जा अतिक्रमण, नेपाली भूमिमा चीनद्वारा बनाइएका संरचना लगायतका समस्याहरू, नेपाल–चीन नाकाहरूमा लामो समय भइरहेको अघोषित नाकाबन्दी लगायतका विषयमा कुरा गर्न आग्रह गरेको छ ।

यसैगरी, कोभिडपूर्व चीनका विभिन्न विश्वविधालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको अध्ययनमा आएको अवरोध, नेपालमा चिनियाँ नागरिकहरूद्वारा फैलाइएको आपराधिक सन्जाल र बिआरको खारेजी सम्बन्धमा प्रष्टताका साथ कुरा राख्न अभियानले आग्रहसहित सुझाव दिएको हो ।

साथै, चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री डा.नारायण खड्काको तीन दिवसीय चीन भ्रमणको सफलताको कामना समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमणले दुवै देशबीचको मित्रता र भाईचारालाई थप प्रगाढ बनाउनेमा हामि विश्वस्त छौं । सो भ्रमणको क्रममा नेपाल–चीन सम्बन्धमा देखिएका तत्कालीन समस्याहरूको समाधान हुने पनि अपेक्षा राख्दछौं ।’

 
May be an image of text
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ