नेपालको मागप्रति चीन सहमत

समाचार

काठमाडौं, २८ साउन । चीनको तीन दिने औपचारिक उच्चस्तरीय भ्रमण गरेर परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको स्वदेश फिर्ता भएको छ ।

यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विश्वासको वातावरणलाई बलियो बनाउँदै नेपाललाई आर्थिकलगायत विभिन्न क्षेत्रमा सहयोग प्राप्त भए पनि बीआरआईलाई अघि बढाउने गृहकार्य पर्याप्त भएन । यसका अलावा परराष्ट्रमन्त्री खड्को भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ ।

परराष्ट्रमन्त्री खड्काले चीनसँग प्रतिनिधिमण्डलस्तरको वार्तामा द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्ने विषयमा दुवै पक्ष सहमत भएको बताएका छन् ।

यस्तै, बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी प्रेस वक्तव्यमा परराष्ट्रमन्त्री खड्काले “एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहो¥याउँदै नेपाली भूमि चीनविरुद्धको कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने आश्वासन दिएको“ उल्लेख छ ।

परराष्ट्रमन्त्री खड्काले चीन भ्रमणमा उठएका नेपालको सबै माग माथी चीनले सहमति जताएको छ । यसले प्रमाणित गर्छ कि नेपाली कांग्रेसले सबै विषयमा स्वतन्त्र परराष्ट्र नीति पालन गर्दैछ ।

तर नेपालका कम्युनिस्टहरु चीनको निर्देशनको पालन गर्छ भन्ने पुष्टि भएको छ । कांग्रेस नेतृत्वले चीनसँग कुनै माग उठाउँदैन तर नेपालमा चीनले जे भन्छ नेपाली कम्युनिस्टहरु हुबहु पालना गर्छ भन्ने आरोप लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ