प्रदेशस्तरीय अस्पतालको काम सुरु भएन

समाचार

कपिलवस्तु, २८ साउन । जिल्लाको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको बोलपत्र भएको एक वर्ष बित्दा पनि अझैसम्म काम सुरु हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले भवन निर्माणका लागि २०७८ असार ३० गते बोलपत्र प्रकाशित गरेको थियो । विविध कारण देखाएर भवन निर्माण कार्य अझैसम्म सुरु हुन नसकेको हो ।

प्रदेशस्तरीय सरुवा रोग अस्पताल चन्द्रौटामा ल्याउन पहल गर्नुभएका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अब केही महिनामा अस्पतालको भवन निर्माण कार्य थालिने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ