जुवातास खेल्ने ४ जना पक्राउ

समाचार

कैलाली, २८ साउन । गोदावरी नगरपालिका–२ शिवनगर टोलस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

कञ्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने ४५ वर्षीय सन्देश केसीको सनफ्लोर गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा केसीसहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त गेष्ट हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार १ सय रूपैयाँ र ११ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ