जनमत र दलित जनजाति पार्टीले एउटै चुनावचिन्हबाट चुनाव लड्ने

समाचार

विराटनगर, २९ साउन । डा.सीके राउतको जनमत पार्टी र प्रितम मुखिया नेतृत्वको पिछडा वर्ग निसाद दलित जनजाति पार्टीले एउटै चुनाव चिन्हबाट आमचुनावमा सहभागी हुने भएको छ ।

दलित जनजाति पार्टीले जनमत पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी हुने सहमति भएको हो ।

आइतबार विराटनगरमा जनमत पार्टीका अध्यक्ष डा. राउत र दलित जनजाति पार्टीका अध्यक्ष मुखियाले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सहकार्य गर्दै दुबै पार्टीले जनमत पार्टीको चुनाव चिन्ह लाउडस्पिक (हर्न) छापबाट चुनाव लड्ने सहमति भएको जनमतका नेता बीपी साहले जनाएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ