काठमाडौं, ३० साउन । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित नागरिकता संशोधन विधेयक राष्ट्रपतिले फिर्ता पठाएकोमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमाणीकरणका लागि पठाइएको नागरिकता संशोधन विधेयक राष्ट्रपतिबाट फिर्ता हुँदा मधेश लगायत देशको विभिन्न भागमा रहेका नागरिकहरु यस कदमबाट चिन्तित र निराश भएको बताएका छन् ।
ठाकुरले सोमबार एक विज्ञप्ति जारी गरी नागरिकता समस्याको सम्बोधन समयमा नभए मुलुकमा असन्तुष्टिहरु बढेर जाने र त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने भनेका छन् ।
सो नागरिकता विधेयकलाई अविलम्ब पारित गर्न/गराउन लोसपाले नेपाल सरकारसँग जोडदार माग गरेको हो ।
तपाईको प्रतिक्रिया