नागरिकता विधेयक फिर्ता भएपछि जनमत पार्टी पनि आन्दोलनमा उत्रियो

समाचार

सिरहा, ३० साउन । नागरिकता विधेयक फिर्ता भएपछि जनमत पार्टी पनि आन्दोलनमा उत्रिएको छ । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले सोमबार सिरहाको गोलबजारमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले राजमार्ग टायर बालेर विरोध जनाएका छन् । उनीहरूले राष्ट्रपति भण्डारीले लाखौ मधेशी युवाको जीवनसँग खेलबाड गरेको आरोप लगाएका छन् । प्रदर्शनकारीले राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गरेका थिए । जनमत पार्टीका नेताहरूले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा पठाएर मधेशहरूको भावनासँग खेलबाड गरेको पनि आरोप लगाएका छन् । आइतबार राष्ट्रपतिले दुवै सदनबाट पारित भइसकेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी पुनः प्रतिनिधिसभामा फिर्ता पठाइदिएपछि विरोध हुन थालेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ