मधेश सरकारले संघीय सरकारविरुद्ध थालेको आन्दोलन स्थगित

समाचार

जनकपुरधाम, ३१ साउन । मधेश सरकारले संघीय सरकारविरुद्ध थालेको आन्दोलन स्थगित गरेको छ । मधेश सरकारले मंगलबार पत्रकार सम्मलन गर्दै प्रहरी समायोजनका लागि संघीय सरकारलाई दबाब दिने उद्देश्यले गरिएको धर्ना कार्यक्रम स्थगित गरेको जनाएको हो । आन्दोलन थालेको तेश्रो दिनमै मधेश सरकारले संघर्षका कार्यक्रम फिर्ता लिएको हो । मधेश सरकारले संघीय सरकारले चुनावपछि प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएपछि धर्ना स्थगित गरेको जनाएको छ । मुख्यमन्त्री लालबाबु राउतले आफूहरूले आन्दोलन थालेपछि संघीय सरकारको गम्भीर ध्यानाकर्षण भएको पनि बताए । पत्रकार सम्मेलनमा उपस्थित संघीय सरकारका प्रतिनिधिसमेत रहेका प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन हुने दाबी गरे । मधेश सरकारका मुख्ममन्त्री, मन्त्री तथा सांसद्हरूले आइतबारदेखि आन्दोलन थालेका थिए । पहिलो चरणमा सात दिनसम्म धर्ना दिने मधेश सरकारले भनेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ