काठमाडौं, ३१ साउन । आगामी मंसिर ४ गते हुने आमनिर्वाचन तयारीको सम्बन्धमा जनता समाजवादी पार्टी नेपालको राजनीतिक समिति बैठक भोलि बुधबारदेखि बस्दैछ ।
बुधबार दिउँसो १ बजेदेखि ललितपुरको बाबलकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा जसपाको राजनीतिक समितिको बैठक बस्न लागेको हो ।
राजनीतिक समितिको बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी, गठबंधन दलभित्र सीट बाँडफाँड र उम्मेदवारहरुको मापदण्ड निर्धारणको विषयमा निर्णयहरु गरिने बताइएको छ ।
यसैगरी, जसपाको विभाग तथा भ्रातृ संगठनहरुको पुनर्गठन र संगठनात्मक कार्य सम्बन्धी प्रस्तावहरु पनि पारित गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया