काठमाडौं, ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता संशोधन विधेयक, २०७९ लाई पुनः राष्ट्रपति कार्यालय पठाउने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पाँच दलीय गठबन्धनको बैठकले संसदबाट पारित गरी पुन राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
नागरिकता विधेयकलाई संसदबाट तत्काल प्रक्रिया अगाडि बढाई पुनः राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको छ ।
फिर्ता भएको नागरिकता विधेयकलाई पुन संसदले पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
तपाईको प्रतिक्रिया