मोटरसाइकलमा च्यापिएर चालकको मृत्यु

समाचार

रुपन्देही, ३१ साउन । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित सडकमा लु.३५ प ४७४२ नम्बरको मोटरसाइकलमा च्यापिएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोही उपमहानगरपालिका–११ कालिकानगर बस्ने २८ वर्षीय संजय खत्रीको मृत्यु भएको हो ।

च्यापिएर बेहोस भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ