बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

समाचार

रौतहट, ३१ साउन । चन्द्रपुर नगरपालिका–६ तल्लोबजारमा ना.४ ख ६११२ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सोही नगरपालिका–६ बस्ने जीवन रानामगरको छोरा ३ वर्षीय डेनिस राना मगरको मंगलबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर अस्पताल हुँदै बयोधा अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ