जनकपुरधाम, १ भाद्र । चुरे तथा वन जंगल संरक्षण अभियानको नेतृत्वमा सुकुम्वासीहरूले प्रदर्शन गर्नुका साथै धर्ना दिएका छन् ।
सुकुम्वासीहरूले बुधबार धनुषाा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दै धर्ना दिएका हुन् । तेश्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले पुन: आन्दोलन थालेका हुन् । उनीहरूले सीडीयो कार्यालय अगाडि प्रदर्शन गर्दै राज्यले आफूहरूको समस्या समाधानमा चासो नदेखाएको गुनासो गरेका छन् । उनीहरू विशेष गरी चुरे वन जंगल संरक्षण र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको हक अधिकारका लागि आन्दोलन गर्दै आएका छन् । उनीहरूले भदौ २, ५, ६ र ७ गते पनि आठवटै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने जनाएका छन् । त्यस्तै, भदौँ ८ गते आठवटै जिल्ला सदरमुकाममा तीन तहका सरकारविरुद्ध विरोध प्रदर्शन तथा कोणसभा गर्ने, भदौँ ९ गते मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्रीको पुतला दहन गर्ने र कार्यालयमा ताला लगाउने अभियानले जनाएको छ ।
तपाईको प्रतिक्रिया