अनागरिक बनाउन पाइँदैन भन्दै काठमाडौंमा विरोध प्रदर्शन

समाचार

काठमाडौं, १ भाद्र । नागरिकता संशोधन विधेयक राष्ट्रपतिले फिर्ता गरेको भन्दै युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नागरिकताविहीन संघर्ष समिति नेपालले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

संघीय संसदको दुवै सदनबाट बहुमतले पारित नेपाल नागरिक संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिना प्रमाणीकरण संसद सचिवालयमा पठाएको विरोधमा लगातार प्रदर्शनहरु भइरहेका छन् ।

सोही क्रममा काठमाडौंमा पनि युवाहरु प्रदर्शनमा उत्रेका छन् । ‘नेपाली आमाबुबाका सन्तान हामी कसरी अनागरिक सरकार ?’, ’देशको असल नागरिक पहिचान गर’, ’अनागरिक बनाउन पाइँदैन’, लगायत नारासहित विरोधमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ