निवर्तमान प्रदेश प्रमुखद्वारा मदरसामा शैक्षिक सामग्री प्रदान

समाचार

सिरहा, १ भाद्र । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले जिल्लाको लहानस्थित एक मदरसामा शैक्षिक सामग्री प्रदान गरेका छन् ।

सिरहाको लहान बजार–५ स्थित बुधबार दारुल ओलूम हनफीया अश्रफिया मदरसाका करिब एक सय विद्यार्थीहरुलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तश्वीरसहितको उत्तरपुस्तिका निवर्तमान प्रदेश प्रमुख डा.अहिराजले वितरण गरेका हुन् ।

साथै, डा.अहिराजले गुरुवर्ग, समाजका अगुवा र सञ्चारकर्मीहरुलाई नेपालको झण्डा अंकति लोगोसमेत वितरण गरेका थिए ।

मदरसामा स्थानीय, प्रदेश वा संघीय सरकारबाट उचित सहयोग प्राप्त नभइरहेको गुनासो गुरुवर्गले डा.अहिराज सामु राखेका थिए ।

डा.अहिराजले स्वास्थ्य र शिक्षामा निःशुल्क र समानस्तरमा सबैको पहुँच हुनु राज्यको दायित्व रहेका बताएका थिए । उनले लोकतन्त्र सही मतलब पनि यही रहेको बताएका थिए ।

 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ