मधेशी एकता समाजद्वारा भिजिट भिसापीडितको उद्धार

समाचार

काठमाडौं, २ भाद्र । भिजिट भिसामा वैदेशिक रोजगारका लागि दुबई पुगेका सप्तरीका एक युवकको मधेशी एकता समाजले उद्धार गरेको छ ।

भिजिट भिसामा दुबईमा पुग्दा विभिन्न समस्यामा परी सप्तरीको तोपाका ललित मण्डल अल्पत्र परेका थिए । उनलाई मधेशी एकता समाजका युएई इकाईका कृष्ण ठाकुरले उद्धार गरी नेपाल फिर्ता पठाएका हुन् ।

पीडित मण्डलले भने, ‘म भिजिट भिसामा आएको थिएँ, दुबईमा नराम्ररीसँग फँसिसकेको थिएँ । मधेशी एकता समाजले मलाई धेरै नै सहयोग ग¥यो ।’

भिजिट भिसामा जाँदा धेरै नै समस्या भोग्नुपरेको भन्दै उनले कोही पनि भिजिट भिसामा वैदेशिक रोजगारका लागि नजान आग्रह पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ