बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु

समाचार

रौतहट, २ भाद्र । चन्द्रपुर नगरपालिका–२ स्थित सडकमा बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक–आपसमा ठोक्किएर बिहीबार बिहान दुर्घटना हुँदा अटो चालक समेत अटोमा सवार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अटो चालक सर्लाही बाग्मती नगरपालिका–२ सोल्टी बस्ने ३९ वर्षीय रबि मंगर, अटोमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय ढक बहादुर लुंगेली मंगर र ३९ वर्षीय प्रेम ठाडा मंगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको चन्द्रपुर प्रालि अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी अटोमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीया सबिना लुंगेली मंगरलाई चन्द्रपुर प्रालि अस्पताल हुँदै थप उपचारको लागि बी एण्ड बी अस्पताल काठमाडौंमा पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ