प्रतिनिधिसभाबाट नागरिकता विधेयक पुनः पारित

समाचार

काठमाडौं, २ भाद्र ।राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देश सहित फिर्ता भएको नागरिकता संशोधन विधेयक, २०७९ पुनः प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकबाट बहुमतले विधेयक पुनः पारित भएको हो । सरकारले पूर्ववत् रूपमा नै अगाडि बढाएको सो विधेयक मत विभाजनमार्फत बहुमतले पारित भएको हो ।

मत विभाजन हुँदा विधेयकको पक्षमा १ सय ३५ मत परेको थियो भने विपक्षमा जम्मा ६० मत परेको थियो ।

यस अघि विधेयक माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकका सम्बन्धमाराष्ट्रपतिबाट उठाइएका विषयहरू दलहरूबीच तत्काल सहमति हुने सम्भावना नरहेको हुनाले सरकारले पुरानै अवस्थामा विधेयक अगाडि बढाएको बताएका थिए ।

गृहमन्त्री खाँणले शीर्ष नेताहरूबीच पटक–पटकको वार्ता, संवादर छलफलबाट सहमति नजिक पुगेका प्रावधानहरूलाई समेटेर विधेयक अगाडि बढाएकोरराष्ट्रपतिबाट प्राप्त सन्देशमा उठाइएका विषयमा दलहरूबीच गहिरो मतभेद देखिएको पनि बताए ।

मन्त्री खाँणले संसद्कोराज्यव्यवस्था तथा सुशासन समितिमा २२ महिनासम्म बहसर छलफल हुँदा पनि सहमति जुट्न नसकेपछि सरकारले २०७५ सालको विधेयक फिर्ता लिई जन्मका आधारमा नागरिकता लिएका नेपाली आमाबुबाका छोराछोरीलाई नागरिकता दिने उद्देश्यले नयाँ विधेयक अगाडि बढाएको बताए ।

गृहमन्त्री खाँणले सहमति गर्नका लागि थप समय लिँदा नागरिकता प्राप्त गर्नबाट वञ्चित हुनेहरूको संख्या बढ्दै जानेर उनीहरू शिक्षा,रोजगारी एवं अन्य वृत्ति विकासका अवसरहरूबाट समेत वञ्चित हुँदाराज्यलाई नै ठूलो नोक्सान पुग्ने भएकाले विधेयकरोक्न नहुने बताएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ