बर्दियामा खोलामा डुबेर दुई बालकको मृत्यु

समाचार

काठमाडौं, ४ भद्र । बर्दिया, बढैयाताल गाउँपालिका–४ स्थित मानखोलामा डुबेर सोही गाउँपालिका–४ पुष्प नगर बस्ने रमेश भुजेलको छोरा १३ वर्षीय गौरब भुजेल र देउमा तिरुवाको छोरा १३ वर्षीय आयुष तिरुवाको मृत्यु भएको छ ।

नुहाउने क्रममा दुबै जनालाई शुक्रबार खोलाले बगाउँदा गौरब भुजेललाई तत्काल स्थानीयले उद्दार गरी उपचारको लागि बर्दिया अस्पताल गुलरिया पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

साथै आयुष तिरुवाको खोजी गर्ने क्रममा सोही खोलाको किनारमा शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ