बाँके, ४ भाद्र । नेपालगंज उपमहानगरपालिका–१७ ढोडेगाउँ बस्ने ४० वर्षीय पर्शुराम कलवार र उनकै छोरा २५ वर्षीय बब्लु कलवारको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
बब्लु कलवारले आफ्नै भे.१ स ७१४० नम्बरको अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बब्लुको घटनास्थलमै मृत्यु भएको थियो ।
साथै उनलाई छुटाउने क्रममा उनकै बुवा पर्शुराम कलवार र उनकै हजुरआमा ८५ वर्षीया रामराज कलवारलाई समेत करेन्ट लाग्दा घाइते भई उपचारको लागि नर्सिङहोम नेपालगंज लगिएकोमा पर्शुरामको उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया