काठमाडौं, ४ भाद्र । मधेशसँग लभ गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको लभ हो कि लोभ शंका प्रश्न उठ्न थालेको छ । माओवादीका अध्यक्ष प्रचण्डले भन्दै आएको मधेशसँग लभ परेको भन्ने कुरामा कुनै मेल खाएको छैन ।
मधेशको मत लिने तर प्रतिनिधित्वमा कहिले पनि स्थान नदिने देखिँदै आएको छ । माओवादी केन्द्रले आफ्नो पदाधिकारी टुंग्याएको छ । जसमा मधेशीको सांकेतिक प्रतिनिधित्व गराएको छ ।
समानुपातिक समावेशिताको वकालत गर्दै आएको माओवादी केन्द्रको २१ सदस्यीय केन्द्रीय पदाधिकारीमा मधेशीको उपस्थिति सांकेतिक रुपमा मात्र रहेको छ ।
माओवादी केन्द्रको महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको हो । जसमा मधेशी समुदायबाट जम्मा दुईको प्रतिनिधित्व लगभग शून्यकै हाराहारीमा रहेको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव जस्तो पदमा एक जना पनि मधेशी अटाएनन् ।
वरिष्ट उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङ, उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव चयन भएका छन् ।
यसैगरी, दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् ।
उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।
यस्तो छ माओवादीको केन्द्रीय पदाधिकारी
१. अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
४. उपाध्यक्ष : कृष्णबहादुर महरा
५. महासचिव : देव गुरुङ
६. उपमहासचिव:
१. वर्षमान पुन, २. पम्फा भुसाल, ३. जनार्दन शर्मा, ४. गिरिराजमणि पोखरेल, ५. शक्ति बस्नेत, ६. मातृका यादव, ७. हरिबोल गजुरेल
७. सचिव:
१. दीनानाथ शर्मा, २. चक्रपाणि खनाल, ३. देवेन्द्र पौडेल, ४. लीलामणि पोखरेल, ५. गणेश शाह, ६. हितमान शाक्य, ७. हितराज पाण्डे, ८. डिलाराम आचार्य र ९. राम कार्की
८ कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त
तपाईको प्रतिक्रिया