काठमाडौं, ५ भाद्र । जनता समाजवादी पार्टी नेपालको प्रवक्तामा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमन तोकिएका छन् ।
अध्यक्ष उपेन्द्र यादवले सुमनलाई जसपाको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार प्रवक्ता तोकेका हुन् ।
अध्यक्ष यादवले सुमनलाई बधाई दिँदै भनेका छन्, ‘पार्टी प्रवक्ताको रुपमा तपाइँले देश र जनताको सर्वोत्तम् हितका साथै पार्टीको नीति, सिद्धान्त, विचार र उद्देश्य प्राप्तिका लागि अझ बढी प्रभावकारी रुपमा भूमिकाका सफलताको शुभकामनासहित हार्दिक बधाई ।’
तपाईको प्रतिक्रिया