काठमाडौँ, ५ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका दुई विधेयक प्रमाणीकरण गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनले नेपालको संविधानबमोजिम नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
तपाईको प्रतिक्रिया