काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरि राजनीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गरेका थिए । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय गिरीप्रति सलामी अर्पण गरेको थियो । स्वर्गीय गिरीलाई उनका छोरा सन्तोष गिरीले दागबत्ती दिएका थिए । गिरीका श्रीमती र एक छोरा छन् ।
तपाईको प्रतिक्रिया