जनकपुरधाम, १० भदौँ । मधेश सरकारले कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
मधेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महोत्तरीकी निहारिकालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । न्यायका लागि संघर्ष गरिरहेकी राजपुतलाई कानुनी लडाई लड्न सहयोग पुग्ने उद्देश्यले मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको सिफारिसमा रकम दिने निर्णय भएको मधेशका अर्थमन्त्री तथा सरकारका प्रवक्ता शैलेन्द्र साहले जानकारी दिए । धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले आफूसँग बलात्कार गरेको र त्यसबाट बच्चा जन्मिएको दाबी निहारिकाले गर्दै आएकी छन् । उनले आरोपी श्रेष्ठको डीएनए टेस्ट गर्नुपर्ने माग राखी केही दिनदेखि संघर्ष गर्दै आएकी छन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको बच्चा र आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेशसमेत दिइसकेको छ ।
तपाईको प्रतिक्रिया