कपिलवस्तु, १० भदौँ । कपिलवस्तुमा गोली चलेको छ ।
जिल्लाको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् ।
गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार गोली प्रहारबाट घाइते भएका पासीलाई जिल्ला अस्पताल लगिएको छ । सो घटाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया