नागरिकता विधेयक तत्काल पास नगरेको भन्दै तमलोपाको विरोध

समाचार

जनकपुरधाम, १२ भदौँ । राष्ट्रियसभाले नागरिकता विधेयक तत्काल पास नगरी विधायन व्यवस्थापन समितिमा पठाएको भन्दै तमलोपाले विरोध प्रदर्शन गरेको छ । आइतबार जनकपुरधामको जनक चौकमा तमलोपाका नेता तथा कार्यकर्ताले नागरिकता विधेयकलाई लिएर हल्लाबोल कार्यक्रम गरेको हो । आइतबार बसेको राष्ट्रियसभाको बैठकले विधेयक तत्काल पास नगरी समितिमा पठाइदिएको हो । यसअघि, दुवै सदनले पास गरिसकेको र यसपटक पनि प्रतिनिनिधिसभाले पास गरिसकेको विधेयक राष्ट्रियसभाले कुन आधारमा विधायन समितिमा पठाएको भन्दै उनीहरूले प्रश्न गरेका छन् । लाखौँ युवाहरूलाई नागरिकताबाट वञ्चित गर्ने नियतका साथ विधेयक तत्काल पास नगरिएको उनीहरूको आरोप छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनेर राष्ट्रियसभामा प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले समितिमा पठाउने सभाले निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ