रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु

समाचार

रौतहट, १४ भदौँ । रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ ।
आज बिहान भएको घटनामा एक महिला घाइते भएकी छिन् । धान खेतमा काम गर्न गएका बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–३ स्थित सरोज सहनीको धान खेतमा काम गर्न गएकी १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उनकी १७ वर्षीया छोरी जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । चट्याङ लागेर घाइते भएकी ४० वर्षीयासहेली देवी सहनीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ