जनकपुरधाम, १४ भदौँ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा शुभकामना दिएका छन् ।
उनले देश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी–बहिनीमा शुभकाना व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले आज शुभकामना सन्देश जारी गर्दै सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र पर्व एवं पतिको दीर्घायुको कामना गरी मनाइने हरितालिका तीजले प्रदेश तथा मुलुकमै सुख, समृद्धि तथा शान्ति छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया