काठमाडौं, १४ भाद्र । हिन्दू परिषद नेपालकी केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले हिन्दू नारीहरुको प्रमुख पर्व तीजको अवसरमा शुभकामना दिएका छन् ।
मंगलबार उपाध्यक्ष महासेठले सामाजिक संजालमार्फत् शुभकामना दिँदै भनेकी छन्, ‘समाजमा रहेका महिषासुर, रावण, कंशलाई तह लगाऊँ अब हिन्दू नारीहरुलाई माँ दुर्गा बन्नुपर्छ ।’
उनले भनेकी छन्, ‘हाम्रो काम खाली घर खाना पकाउने, भोज भतेरमा जाने, आफन्त कहाँ घूम्ने कार्य मात्र होइन साहस गरेकै कारण आज नेपाल र भारतको प्रमुख पदमा नारी नै राष्ट्रपति छन् ।’
पर्वको बेला अश्लील गीत र समाजमा गलत सन्देश जाने कार्य पूर्ण रुपमा बन्द गर्न महासेठले अनुरोध गरेका छिन् । त्यस्तै टोल, समाज र देशमा महिलामाथि हुने अन्याय र राष्ट्रको स्वाभिमान रक्षा गर्ने दायित्व अब हाम्रो काँधमा आएको महासेठले बताइन् ।
‘हिन्दू दिदिबहिनीलाई लबजिहाद जस्ता क्यान्सर र बहुरूपियाबाट बचाउन हरेकको दायित्व रहेको छ । मुलुकलाई बचाउन अन्तिम ब्रह्म अस्त्र हो हिन्दू राष्ट्र नेपाल ।’ उनले भनेकी छन् ।
तपाईको प्रतिक्रिया