सप्तरी, १५ भाद्र । मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री र सप्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादवले कंचनरुप नगरपालिका–२ महादेवपटीको मदरसा दारुल कुरानको संचालन गर्न एक÷एक महिनाको पारिश्रमिक दान गरेका छन् ।
मदरसा निरीक्षण तथा भेटघाट कार्यक्रमको सम्बोधन गर्दै मन्त्री साहले आफ्नो एक महिनाको पारिश्रमिक ७१ हजार नगद कार्यक्रममै हस्तान्तरण गरेका थिए ।
यस्तै, प्रतिनिधिसभा सदस्य यादवले पनि मदरसाको खातामै पठाउने धोषणा गरेका छन् ।
कार्यक्रममा मधेश संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, जसपा नेता भोला पासवान, जसपा कंचनरुप न.पा. जसपा अध्यक्ष सुदम्वर यादव, कंचनरुप न.पा.वडा नं १ का वडा अध्यक्ष रव्वान खान लगायतका सहभागी रहेका थिए ।
तपाईको प्रतिक्रिया