जलेश्वर, २१ भाद्र । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेपाली कांग्रेसले बजरंग नेपालीसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
सोमबार निर्वाचन क्षेत्रस्तरीय समितिको बैठकबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारमा बजरंग नेपाली, वैद्यनाथ मण्डल र रामतेज मिश्रको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै, प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फको उम्मेद्वारमा रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको नेपालीले मधेशवाणीलाई जानकारी दिएका छन् ।
यसैगरी, प्रदेशसभा सदस्यका लागि ३ (क) मा राघबेन्द्र झा, डा.गरिब दास र विनय यादवको नाम सिफारिस गरिएको छ भने ३ (ख) मा बिर्जु महतो, अशोक साह र दिलिप पाण्डेको नाम सिफारिस भएको हो ।
महोत्तरी ३ मा अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित सांसद छन् भने प्रदेशमा लोसपाकै सांसदहरु रहेका छन् ।
तपाईको प्रतिक्रिया