लोसपा वरिष्ठ नेता महतो ४ वटा क्षेत्रबाट सिफारिस

समाचार

काठमाडौं, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो विभिन्न चारवटा जिल्लाका चार निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि सिफारिस भएका छन् ।

महतो हाल धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने फेरि त्यहींबाट चुनाव लड्ने घोषणा उनले गर्दै आएका थिए । धनुषा ३ बाट पुनः उनी सिफारिस भएका हुन् ।

महतोका प्रमुख प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिकबाट सिफारिस भएका छन् । त्यसो भएपछि महतोका लागि धनुषा ३ नै सुरक्षित जित्ने सम्भावना बढी रहेको छ ।

यसैगरी, सर्लाही २, सप्तरी ३ र पर्सा ३ बाट पनि प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि महतोको नाम सिफारिस भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ