सर्लाही ४ (क) बाट समानुपातिकमा मनिष मिश्र सिफारिस

समाचार

सर्लाही, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवानेता मनिष मिश्र सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) बाट समानुपातिक उम्मेद्वारको रुपमा सिफारिस भएका छन् ।

बुधबार बसेको क्षेत्रीय समितिको बैठकले मधेश प्रदेशको समानुपातिक प्रदेशसभा सदस्यका लागि मिश्रको नाम सिफारिस गरेको हो ।

क्षेत्रीय समितिले सर्लाही ४ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार र (क) र (ख)का लागि उम्मेद्वारहरुबारे छलफल जारी राखेको बताइएको छ ।

विद्यार्थी राजनीतिबाट मूलधारको राष्ट्रिय राजनीतिमा प्रवेश गरेका युवा नेता मिश्र गत स्थानीय तहको चुनावमा रामनगर गाउँपालिका अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ