सर्लाही, २२ भाद्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि सर्वसम्मतरुपले सिफारिस भएका छन् ।
नेसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ को बैठकले संघीय संसदको लागि प्रत्यक्षतर्फ अध्यक्ष रायको नाम सर्वसम्मत सिफारिस गरिएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र कुमार यादवले जनकारी दिए ।
अध्यक्ष यादव तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया