उखु किसान आन्दोलनका संरक्षक मिश्र सर्लाही ४ बाट सिफारिस

समाचार

काठमाडौं, २४ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि उखु किसान आन्दोलनका संरक्षक राकेश मिश्र एकल रुपमा सिफारिस भएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि किसानका नेताको रुपमा परिचित मिश्रको एकल नाम सिफारिस गरेको हो ।

नेता मिश्र गत २०७४ को निर्वाचनमा पनि तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए । त्यो चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित डा.अमरेश कुमार सिंह निर्वाचित भएका थिए ।

हाल डा.सिंहलाई कांग्रेसले सिफारिस पनि गरेको छैन । सिंहलाई आफ्नै क्षेत्रका नेताहरुले कारबाहीसमेत गरेका छन् ।

आगामी चुनावमा किसानका नेता मिश्रका लागि सहज अवस्था रहेकोले जित्ने सम्भावना प्रवल रहेको किसानहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ