पर्सा १ (ख) बाट अभियन्ता सर्राफ सिफारिस

समाचार

वीरगन्ज, २४ भाद्र । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई भ्रष्टाचारी भएको आरोप लगाउने सामाजिक अभियन्ता ओमप्रकाश सर्राफको नाम प्रदेशसभाका लागि सिफारिस भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पर्सा जिल्ला कार्य समितिको बैठकले पर्सा १ (ख) बाट प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सामाजिक अभियन्ता सर्राफको नाम सिफारिस गरेको हो ।

लोसपा नेपालको वीरगन्ज महानगर अध्यक्षसमेत रहेका सर्राफले यसअघि नै मुख्यमन्त्री राउत भ्रष्टाचारीको मुखिया नै रहेको आरोप लगाउँदै उम्मेद्वारी दिने घोषणा गरेका थिए ।

मुख्यमन्त्री राउत गत चुनावमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ