सट्टेबाजी खेलेको अभियोगमा ४ जना पक्राउ

समाचार

मोरङ, २५ भाद्र । एसिया कप क्रिकेट खेलमा सट्टेबाजी खेलेको अभियोगमा विराटनगर महानगरपालिका–११ बाट ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् ।

एसिया कप क्रिकेट खेलमा सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खेलमा प्रयोग गरिएको ४ थान मोवाइल र नगद १८ हजार ५ सय रुपैयाँ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ