काठमाडौं, २६ भाद्र । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेश–थरुहटका लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष लालले सामाजिक सञ्जालमार्फत् आह्वान गर्दै ‘शहादत र आन्दोलनको रक्षा गरौं’ भन्दै मधेश–थरुहटका शक्तिहरु एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।
उनले भनेका छन्, ‘आत्मालोचना गर्दै मधेश–थरुहटका लोकतान्त्रिक शक्तिहरु एकजुट होऔं । अवसरवाद परास्त गरौं ।’
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै मधेश थरुहटका लोकतान्त्रिक शक्तिहरु एकजुट भएर चुनावमा भाग लिनुपर्ने अध्यक्ष लालको आशय हो ।
अहिले चुनावका बेला मधेश–थरुहटका राजनीतिक शक्तिहरु छिन्न–भिन्न अवस्थामा छन् भने ठूला दलहरु गठबन्धनमा छन् । उपेन्द्र यादवको जसपा पाँच दलीय गठबन्धनमा भए पनि असन्तुष्ट देखिएका छन् ।
यस्तो अवस्थामा चुनावमा मधेश–थरुहट शक्तिहरुको उपस्थिति अति न्यून हुने देखिएको छ ।
तपाईको प्रतिक्रिया