चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता पारदर्शी गर्नुपर्ने माग गर्दा अभियानका अध्यक्ष पक्राउ

समाचार

काठमाडौं, २७ भाद्र । देश र जनताको हितमा आवाज उठाउँदा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव पक्राउ परेका छन् । सरकारले पक्राउ गरेकोमा अभियानकर्मीले घोर भत्र्सना गरेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता पारदर्शी गर्नु पर्ने माग राखेकै आधारमा यादवलाई प्रहरीले पक्राउ गर्नु निन्दनीय रहेको अभियानकी उपाध्यक्ष सुनिता साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।

उपाध्यक्ष साहले भनेकी छन्, ‘विना कसुर अध्यक्ष यादवको शरीर बन्धक गरेर सरकारले संविधान प्रदत्त स्वतन्त्रताको अधिकार हनन् गरेको हाम्रो ठहर छ। यो कदमले सरकारको अलोकतान्त्रिक कदमको पर्दाफास त भएको छ नै जन चासोका सवालमा आवाज उठाउने ब्यक्तिको शरीर बन्धक गर्नुले सरकार नै चिन परस्त भएको प्रष्ट भएको छ।’

०७४ सालको आम निर्वाचनमा वाम गठबन्धन निर्माणमा दवाबमूलक भूमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ विस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण रहेकाले चिनियाँ टोलीको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्ने अभियानको माग हो।

देश र जनताको पक्षमा आवाज उठाउने अध्यक्ष यादवलाई विना सर्त तत्काल रिहा गर्न अभियानले जोडदार माग गरेको हो । अन्यथा राष्ट्रिय एकता अभियान सशक्त आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार सरकार र सम्वन्धित निकाय नै हुने जानकारी समेत गराएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ