प्रचण्ड र चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीबीच भेटवार्ता

समाचार

काठमाडौं, २८ भाद्र । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले लीको भ्रमणप्रति खुशी व्यक्त गरेका छन् । अध्यक्ष लीको नेपाल भ्रमण चिनिया नेशनल कङ्ग्रेसको अध्यक्षको हिसाबले पहिलो विदेश भ्रमण भएकोले यो भ्रमणले नेपाल चीन सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सिं जिन पिङको सन् २०१९ को नेपाल भ्रमणको स्मरण गर्दै नेपाल चीन सम्बन्धको सबै पक्षको प्रशंसा गरेका थिए ।

अध्यक्ष लीले आफ्नो भ्रमण कोभिड –१९ पश्चात् पहिलो विदेश भ्रमण रहेको बताउँदै नेपाल चीनको आपसी मित्रता सम्बन्ध मित्रता र सहकार्य आगामी दिनमा अझ बलियो हुने बताए ।

भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ