परराष्ट्रमन्त्री र चिनियाँ नेता लीबीच भेटवार्ता

समाचार

काठमाडौं, २८ भाद्र । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच होटल सोल्टीमा शिष्टाचार भेट भएको छ ।

परराष्ट्रमन्त्री डा.खड्काले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध राम्रो भएको र आगामी दिनमा पनि द्विपक्षीय सहयोग, सम्बन्ध र सहकार्य थप बढ्ने बताएका हुन् ।

भेटमा अध्यक्ष लीले चिनियाँ राष्ट्रिय कंग्रेसको स्थायी समितिको अध्यक्षको हैसियतले पहिलो पटक नै नेपाल भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ