चिनियाँ नेताले भेटे प्रधानमन्त्री देउवा

समाचार

काठमाडौं, २८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकाँग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवाले चीनको सिचुआन प्रान्तमा केही दिनअघि गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेहरूप्रति समवेदना प्रकट गरेका थिए ।

त्यसैगरी, भेटमा प्रधानमन्त्री देउवाले नेपाल र चीनबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

लीले प्रधानमन्त्री देउवाले सिचुआनमा गएको भूकम्पमा ज्यान गुमाउनेहरूप्रति देखाएको समवेदनाले चीन र नेपालबिच रहेको आत्मीय सम्बन्ध दर्शाउने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ