जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

बाँके, २९ भाद्र । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०६८ जेठ १ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ