पर्सा, २९ भाद्र । वीरगंज महानगरपालिका–२५ अलौ स्थित सडकमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्र.२–०३–०१२प.५६०९ नम्बरको मोटरसाइकललाई बा.२ झ ४०१० नम्बरको एम्बुलेन्सले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सखुवाप्रसौनी गाउँपालिका–४ बस्ने ७० वर्षीय फजिल देवानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया