विराटनगर आँखा अस्पताललाई प्रदेश प्रमुखद्वारा शुभकामना

समाचार

विराटनगर, २९ भाद्र । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर आँखा अस्पतालले सस्तो मुल्यमा गुणस्तरिय सेवा प्रदान गरी तारिफयोग्य काम गरेकोमा बधाई तथा शुभकामना दिएका छन् ।

यस्ता अस्पतालको कार्यलाई सरकारले पहिचान गर्नुपर्ने र प्रदेश प्रमुखको हैसियतले सक्दो पहल गर्ने धारणा पनि व्यक्त गरेका हुन् ।

विराटनगर आँखा अस्पतालको सोह्रौं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुखले यसो भनेका थिए । विराटनगर १३, अतिथिमार्ग रानीस्थीत विराटनगर आँखा अस्पतालको प्रांगणमा विभिन्न कार्यक्रमसहित सोह्रौ वार्षिकोत्सव मनाइएको थियो ।

नेपाल नेत्रज्योती संघको पूर्वाञ्चल आँखा उपचार कार्यक्रमसँग आवद्ध रहेको विराटनगर आँखा अस्पतालको १६ औं वर्षिकोत्सव कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता माननीय पद्मनारायण चौधरीले गरेका थिए ।

नेपाल नेत्रज्योती संघका महासचिव भरत चन्द, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारलगायत विशिष्ट अतिथि तथा अतिथिको रुपमा रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ