मोरङ, २९ भाद्र । बुढीगंगा गाउँपालिका–६ बस्ने किशोर चौधरीको घरबाट चोरी गरेको सुनका विभिन्न गहना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढिगंगा गाउँपालिका–६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् ।
भदौ १४ गते चौधरीको घरमा चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया